श्री ईश्वरी प्रसाद ढकाल - प्रधानाध्यापकShree Ishwori Prasad Dhakal - Principal
यस श्री ऐश्वर्य आधारभूत विद्यालयको स्थापना २०४५÷०१÷०१ मा भएको हो सुदुरपश्चिम प्रदेश कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका वडा नं.२ मा अवस्थीत यस विद्यालयको स्थापनामा राना समुदायको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । यस विद्यालयको सेवा क्षेत्रमा अधिकाँस राना र चौधरी थारु जातिको बसोबास रहेको छ । छिटफुट रुपमा बाहुन क्षेत्री र अन्यजातिको बसोबास पनि यहाँ रहेको छ । विविध कारणवश शिक्षा क्षेत्रमा पछि परेका राना समुदायका व्यक्तिहरु बाट यो विद्यालय स्थापना गर्न पहल गरेको देखिन्छ । वहाहरुको पहलमा विद्यालय स्थापना भइ त्यस बेला ९५ वर्षिय जोन सिँह रानाबाट विद्यालय समुद्घाटन गरेको इतिहाँस विद्यालयको अभिलेखमा रहेको छ । विद्यालयको स्वामित्व मा रहेको ०–५–७ जमीनमा विद्यालयका सम्पूर्ण भौतिक संरचना रहेका छन् । त्यसैलाइ खेल मैदान सहित अन्य कार्यका लागि प्रयोग गर्नु पर्ने विद्यालयको वाध्यता रहेको छ । विविध वाध्यताका विच गुज्रनु पर्दा पर्दै विद्यालयले उल्लेख्ये प्रगति पनि गरेको छ । हाल विद्यालयमा ३ ओटा भवनका साथै पुस्तकालय विज्ञान प्रयोगशाला र कम्प्यूटर ल्याव समेत रहेको छ । विद्यालयलाई यहाँ सम्म पुर्याउन समुदाय र विभिन्न सँघ सँस्थाको महत्वपूर्ण भूमिका रहेको छ । यस्का साथै विद्यालयलाई आजको यस अवस्था सम्म पुर्याउने श्रेय यहाँ विभिन्न कालखण्डमा शिक्षण गर्ने शिक्षक र पूर्व प्र.अ. हरुमा पनि जान्छ । विविध आरोह अवरोह पार गर्दै आज विद्यालयको वेवसाइट निर्माण कार्य सम्म पुर्याउन सहयोग गर्नु हुने सम्पूर्णमा विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ ।
Shree Aishwarya Basic School was established on 2045/01/01 B.S. Located in Ward No. 2, Punarwas Municipality, Kanchanpur District, Sudurpashchim Province, the Rana community played a significant role in the establishment of this school. The service area of the school is predominantly inhabited by the Rana and Chaudhary/Tharu communities, with occasional residence by Bahun, Chhetri, and other communities. It is seen that individuals from the Rana community, who lagged behind in the field of education due to various reasons, took the initiative to establish this school. According to the school's records, the school was established through their initiative and was inaugurated by the then 95-year-old John Singh Rana. All the physical structures of the school are situated on the 0-5-7 (5 kattha 7 dhur) land owned by the school. The school is constrained to use this same land for a playground and other purposes as well. Despite having to navigate through various limitations, the school has made notable progress. Currently, the school features three buildings, along with a library, a science laboratory, and a computer lab. The community and various organizations have played a crucial role in bringing the school to this point. Furthermore, the credit for bringing the school to its present state also goes to the teachers who taught here across various eras and the former headteachers. Through all the ups and downs, the school family expresses its heartfelt gratitude to everyone who helped bring the school's website construction project to completion.
