सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका वडा नं: २ अमरैयामा अवस्थित श्री ऐश्वर्य आधारभूत विद्यालयको स्थापना वि.स २०४५ सालमा भएको हो । उक्त विद्यालयले बिगत ३६ बर्ष देखी हजारौ विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्दै विद्यार्थीहरुको भविष्य उज्वल बनाएको छ । विद्यालयले शिशु कक्षा देखी कक्षा८ सम्म पठन पाठन गराउँदै आएको छ । विद्यालयमा शिशु कक्षा को लागी स्मार्ट बोर्ड, खेलकुद सामाग्रीहरु रहेका छन् । विद्यालयमा कम्प्युटरल्याब, पुस्तकालय, (सानो विज्ञान प्रयोगशाला जसमा केही आधारभूत उपकरणहरू मात्र छन्), स्मार्ट बोर्ड, बिजुली बत्ती, वाइफाइ, इन्भर्टर, प्रिन्टर, प्रोजेक्टर, टिभी, केही खेलकुद समाग्री र खेल मैदान छ । विद्यालयमा ३ ओटा जस्ता पाता भएको भवन र एउटा BUILD ONद्धारा निर्माणाधिन अवस्थामा रहेको ३ कोठे पक्की भवन रहेको छ । विद्यालयमा ३ ओटा शौचालय, खानेपानी, भान्सा घर रहेको छ ।
विद्यालयमा कर्मचारीहरु (शिक्षक शिक्षिका) का लागी नगरपालिकाद्वारा ई-हाजिरीकोपनि व्यवस्था गरिएको छ । विद्यालयमा झन्डै २०० जना विद्यार्थीहरु अध्ययन गर्दछन् । विद्यालयले प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप जस्तैः हाजिरी जवाफ, गजल, हिज्जे जवाफ, नृत्य कार्यक्रम, गायन, चित्रकला आदि कार्यक्रमहरु गर्दछ । समय समयमा विद्यार्थीहरुलाई उत्प्रेरित गर्नको लागी विद्यालय प्रशासनले उत्प्रेणात्मक कार्यक्रम सन्चलान गरिरहेको हुन्छ । विद्यालयको सुधारको लागी स्थानिय तह,वार्ड कार्यालय, शिक्षक सहकर्मी र विद्यालय समितीहरु को अतुलनिय योगदान रहेको छ । विद्यालयले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ र आउँदा दिनहरुमा झन राम्रो नतिजा ल्याउने छ ।
विद्यालय तथा सामुदायिक स्तरका बालबालिकाहरुलाई शिक्षा प्रदान गर्ने ।
