यस श्री ऐश्वर्य आधारभूत विद्यालयको स्थापना २०४५÷०१÷०१ मा भएको हो सुदुरपश्चिम प्रदेश कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका वडा नं.२ मा अवस्थीत यस विद्यालयको स्थापनामा राना समुदायको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । यस विद्यालयको सेवा क्षेत्रमा अधिकाँस राना र चौधरी थारु जातिको बसोबास रहेको छ । छिटफुट रुपमा बाहुन क्षेत्री र अन्यजातिको बसोबास पनि यहाँ रहेको छ । विविध कारणवश शिक्षा क्षेत्रमा पछि परेका राना समुदायका व्यक्तिहरु बाट यो विद्यालय स्थापना गर्न पहल गरेको देखिन्छ । वहाहरुको पहलमा विद्यालय स्थापना भइ त्यस बेला ९५ वर्षिय जोन सिँह रानाबाट विद्यालय समुद्घाटन गरेको इतिहाँस विद्यालयको अभिलेखमा रहेको छ । विद्यालयको स्वामित्व मा रहेको ०–५–७ जमीनमा विद्यालयका सम्पूर्ण भौतिक संरचना रहेका छन् । त्यसैलाइ खेल मैदान सहित अन्य कार्यका लागि प्रयोग गर्नु पर्ने विद्यालयको वाध्यता रहेको छ । विविध वाध्यताका विच गुज्रनु पर्दा पर्दै विद्यालयले उल्लेख्ये प्रगति पनि गरेको छ । हाल विद्यालयमा ३ ओटा भवनका साथै पुस्तकालय विज्ञान प्रयोगशाला र कम्प्यूटर ल्याव समेत रहेको छ ।
विद्यालयलाई यहाँ सम्म पुर्याउन समुदाय र विभिन्न सँघ सँस्थाको महत्वपूर्ण भूमिका रहेको छ । यस्का साथै विद्यालयलाई आजको यस अवस्था सम्म पुर्याउने श्रेय यहाँ विभिन्न कालखण्डमा शिक्षण गर्ने शिक्षक र पूर्व प्र.अ. हरुमा पनि जान्छ । विविध आरोह अवरोह पार गर्दै आज विद्यालयको वेवसाइट निर्माण कार्य सम्म पुर्याउन सहयोग गर्नु हुने सम्पूर्णमा विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ ।